केपी ओलीले गरे मतदान — OSNepal

केपी ओलीले गरे मतदान

LC (KTM) November 20, 2022 0

भक्तपुर, ४ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । उनले भक्तपुर बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रबाट मतदान गरेका हुन् । झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीले आफैंलाई मत दिन पाएनन् । उनले झापाबाट भक्तपुर बालकोटमा मतदाता नामावली सारेका कारण आफैंलाई मत दिन नपाएका हुन् । तर, समानुपातिकतर्फको मत भने दिन पाउनेछन् ।

यो पनि : कास्कीमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाए:
नेत्रविक्रम चन्द नेतृत्वको नेकपावाट विभाजित भएका नेकपा बहुमतका कार्यकर्ताले कास्कीमा मतपेटिका फुटाएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा मतदान भईरहेको बेला नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका हुन् ।

माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आफुले मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए । परियारले मतपेटिका फुटाएपछि स्थगित भएको मतदान पुनः सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर