१५ मंसिरसम्म एमाले नेतृत्वको सरकार बन्छ : केपी ओली — OSNepal

१५ मंसिरसम्म एमाले नेतृत्वको सरकार बन्छ : केपी ओली

LC (KTM) November 20, 2022 0

काठमाडौं, ४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही १५ मंसिरसम्ममा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । आइतबार प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भक्तपुरको बालकोटस्थित मतदान केन्द्रबाट मतदान गरेपछि अध्यक्ष ओलीले १५ मंसिरसम्ममा एमाले नेतृत्वको सरकार बन्ने बताए ।उनले यसअघि तालमेल गरेका दलहरूसँग मिलेर सरकार बनाउने समेत बताए । अध्यक्ष ओलीले यस निर्वाचनमा आफूहरूको स्पष्ट बहुमत आउने पनि दाबी गरेका छन् ।

यो पनि : प्रचण्डको निर्वाचन क्षेत्रमा प्रदेशसभातर्फ पनि प्रतिनिधिसभाकै मतपत्र :गोरखा, ४ मंसिर । गोरखा निर्वाचन क्षेत्र नम्बर २ को मतदान केन्द्रमा प्रदेशसभा तर्फको ठाउँमा पनि प्रतिनिधिसभाकै मतपत्र भेटिएपछि विवाद भएको छ ।

पालुङटार नगरपालिकाको विरुवाटार माविको ९क० मतदान केन्द्रमा मतदान अधिकृतहरुले प्रदेशसभाको ठाउँमा पनि प्रतिनिधिसभाकै मतपत्र दिएको भन्दै विवाद भएको हो । सत्तागठबन्धनसँग मिलेर एमालेलाई हराउने रणनीतिले फर्जि मतदान गर्ने चलखेल मतदान अधिकृतबाटै भएको एमालेको आरोप छ ।

‘प्रदेशको ठाउँमा पनि प्रतिनिधिसभाकै मतपत्र दिएछन् । त्यो भएपछि हामीले रोक्यौँ’, स्थानीय चन्द्र कुमालले भने, ‘हामीले रोकेपछि अहिले त्यो मतपेटिका नचलाउने अर्कोमा सच्चाएर हाल्ने भन्ने छ ।’

प्रदेशसभाको ठाउँमा पनि प्रतिनिधिसभाकै मतपत्रमा ३३ जनाले हालेको र उनीहरुलाई पुन मतदान गर्न दिने सहमतिका साथ मतदान सुचारु भएको सो ठाउँका मतदान अधिकृत बद्री अर्याल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर