झापामा कृष्णप्रसाद सिटौला र राजेन्द्र लिङ्देनबीच जम्काभेट — OSNepal

झापामा कृष्णप्रसाद सिटौला र राजेन्द्र लिङ्देनबीच जम्काभेट

LC (KTM) November 20, 2022 0

झापा, ४ मंसिर । झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका दुई प्रतिस्पर्धी कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच जम्काभेट भएको छ ।
सत्ता गठबन्धनबाट उम्मेदवार रहेका सिटौला र एमालेको समर्थन रहेका उम्मेदवार लिङ्देनबीच मतदानका क्रममा जम्काभेट भएको हो । जम्काभेटमा उनीहरुले एक–अर्कालाई अभिवादन गरेका थिए । दुवैले एकअर्कालाई जितको शुभकामना पनि दिए ।

यो पनि : विश्वप्रकाशको निर्वाचन क्षेत्रमा कांग्रेसको चुनाव चिन्ह नभएको मतपत्र भेटियो:झापामा नेपाली काग्रेसको चुनाव चिन्ह नभएको मतपत्र भेटिएको छ । मेचीनगर–१४ मा रहेको बाल सुबोधनी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा रुख चुनाव चिह्न नभएको मतपत्र फेला परेको हो । मतदान सुरु भएको केही समयपछि मतपत्रमा रुख चुनाव चिह्न नभएको पाइएपछि उक्त स्थानको मतदान केन्द्रको मतदान स्थगित भएको छ ।

सो बारेमा सत्यतथ्य थप बुझ्न निर्वाचन अधिकृत त्यहाँ जाँदै गरेको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । झापा क्षेत्र नम्बर– १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका उम्मेदवार अग्नि खरेल छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर