जनताका पक्षमा मतदान गर्न बिजुक्छेंको आग्रह — OSNepal

जनताका पक्षमा मतदान गर्न बिजुक्छेंको आग्रह

LC (KTM) November 20, 2022 0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले जनताका पक्षमा मतदान गर्न सबै मतदातामा आग्रह गर्नुभएको छ । भक्तपुर नगरपालिका–५ विद्यार्थी निकेतन माध्यामिक विद्यालय साकोठाको मतदान केन्द्रमा आज मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो आग्रह गर्नुभएको हो ।

अध्यक्ष बिजुक्छेंले निर्वाचनका लागि हाल गरिएका दुवै गठबन्धन सत्ता स्वार्थका लागि गरिएको आरोप पनि लगाउनुभयो । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमालेसहित राप्रपाको गठबन्धन एउटै सिक्काका दुई वटा पाटा भएको पनि उहाँको टिप्पणी थियो । भक्तपुरमा प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार वटा निर्वाचन क्षेत्र छन् ।

यो पनिविश्वकप फुटबल प्रतियोगिता आजदेखि-विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ । उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।

कतार र इक्वेडर दुवै टोली उद्घाटन खेलमा जित निकाल्दै विश्वकपमा सुखद सुरुआत गर्ने योजनाका साथ मैदानमा उत्रनेछन् । मध्यपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना हुन लागेको विश्वकपको उद्घाटन खेलअघि औपचारिक उद्घाटन समारोह हुनेछ । आयोजक कतारको समूहमा नेदरल्याण्ड, इक्वेटर र सेनेगल छन् । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

कतारका आठ वटा रङ्गशालामा आयोजना हुने विश्वकपको समूह ‘बि’मा इङ्ग्ल्यान्ड, इरान, अमेरिका र वेल्स छन् भने समूह ‘सि’मा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड छन् ।
त्यस्तै समूह ‘डि’मा फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया छन् । समूह ‘इ’ मा स्पेन, कोस्टारिका, जर्मनी र जापान छन् । यसैगरी समूह ‘एफ’मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया छन् भने समूह ‘जि’ मा ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन् । समूह एचमा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया छन् । हरेक समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । विश्वपकपको फाइनल खेल आगामी पुस ३ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर