रामचन्द्र पौडेलको क्षेत्रमा पनि मतगणना सुरु, १ सय मत गन्दा कति पाए पौडेलले ? — OSNepal

रामचन्द्र पौडेलको क्षेत्रमा पनि मतगणना सुरु, १ सय मत गन्दा कति पाए पौडेलले ?

LC (KTM) November 21, 2022 0

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको क्षेत्र तनहुँ – १ मा पनि मतगणना सुरु भएको छ ।

१०० मत गन्दा बरिष्ठ नेता पौडेलले ४० मत पाएका छन् । प्रारम्भिक अग्रताको परिणाम आइरहेका बेला नेकपा एमालेका एकबहादुर राना मगरले नेता पौडेललाई पछ्याउँदै २९ पाएका छन् ।

उता सुदूरपश्चिमका पाँच स्थानमा सुरु भएको मतगणनाअनुसार कांग्रेस ३ र नागरिक उन्मुक्ति पार्टीले २ स्थानमा अग्रता लगेका छन् । कांग्रेसले अछामको क्षेत्र नम्बर २, कञ्चनपुरर ३ र कैलाली–४ मा अग्रता लिएको छ । यसैगरी, कैलाली क्षेत्र नम्बर १ र ३ मा नागरिक उन्मुक्ती पार्टीले अग्रता लिगेको छ ।

प्रारम्भिक मत गणनामा एमाले र माओवादी केन्द्रको उम्मेदवारले अग्रता पाउन सकेका छैनन् । एमालेका उम्मेदवार अछाम २, कैलाली ४ र कञ्चनपुर ३ मा दोश्रो स्थानमा छन् । माओवादी केन्द्रका उम्मेदवार भने दोश्रो स्थानमा पनि देखिएका छैनन् ।

हालसम्म माओवादी केन्द्रले उम्मेदवारी दिएको एक स्थानमा मात्रै मतगणना सुरु भएको छ । कैलाली ३ मा माओवादी केन्द्रले गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवारी दिएकोमा प्रारम्भिक गणनामा माओवादी तेश्रो स्थानमा छ ।

अछाम २ मा कांग्रेसका पुष्प शाह, कञ्चनपुर ३ मा कांग्रेसका रमेश लेखक र कैलाली ४ मा कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिगेका छन् । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली १ मा रञ्जिता चौधरी र क्षेत्र नम्बर ३ मा गंगाराम चौधरी प्रारम्भिक गणनामा अगाडि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर