फिफा विश्व कपको दोस्रो खेलमा इङ्ग्ल्यान्डले इरानलाई आच्छु आच्छु पार्दै फराकिलो गोल अन्तरले हरायो — OSNepal

फिफा विश्व कपको दोस्रो खेलमा इङ्ग्ल्यान्डले इरानलाई आच्छु आच्छु पार्दै फराकिलो गोल अन्तरले हरायो

LC (KTM) November 21, 2022 0

काठमाडौं – फिफा विश्व कपको दोस्रो खेलमा इङ्ग्ल्यान्डले इरानलाई फराकिलो गोल अन्तरले हराएको छ । आज सोमवार खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा इङ्ग्ल्यान्डले इरानलाई छ–दुई गोल अन्तरले हराएको हो । इरानका लागि मेहदी तरेमीले खेलको ६५ औँ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरे ।

इङ्ग्ल्यान्डका लागि जुडे बेलिङ्घमले खेलको ३५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलायो । यस्तै बुकायो साकाले ४३ औँ र ६२ औँ मिनेटमा गोल गरे । यस्तै रहीम स्टर्लिङले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरे ।

यस्तै मार्कस रशफोर्डले ७१ औँ र ज्याक ग्रेलिशले ८९ औँ मिनेटमा गोल गरे । यो जितसँगै समूह ुबीु मा रहेको इङ्ग्ल्यान्ड तीन अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । इरान भने तालिकाको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर