यी युवाले पाँच घण्टामा ५० तले तासको घर बनाएर राखे विश्व कीर्तिमान — OSNepal

यी युवाले पाँच घण्टामा ५० तले तासको घर बनाएर राखे विश्व कीर्तिमान

LC (KTM) November 23, 2022 0

बेइजिङ, ७ मंसिर:वर्तमान लोकप्रिय डिजिटल युगमा कतिपयले तासहरूको घरलाई एक टेलिभिजन शृंखलाको रुपमा लिन्छन् । अर्कोतर्फ कलाकार भने यसलाई एउटा महत्वपूर्ण कलाको रूप मान्छन् र प्रत्येक तासमार्फत नयाँ उपलब्धि हाँसिल गर्न प्रयास गर्छन् ।

एक चिनियाँ युवाले सबैभन्दा छिटो अर्थात पाँच घण्टा पाँच मिनेटमा ५० तले तासको घर बनाएर नयाँ विश्व कीर्तिमान बनाएका छन् । गिनिज वल्र्ड रेकर्ड्सका अनुसार पूर्वी चीनको सानडोङ प्रान्तको छिङदाओका कार्ड कलाकार टियान रुईले तासको ५० तले घर ५ घण्टा ५ मिनेटमा बनाए । घर १० मिनेटभन्दा बढी ठडिएको थियो। घरको उचाइ ३ दशमलब ३७५ मिटर छ।

यो प्रयास सन् २०२२ को गिनिज वर्ल्ड रेकर्ड्स दिवस समारोहको एक अंशको रूपमा आयोजना गरिएको गरिएको ग्लोबल टाइम्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर