बैतडीमा मङ्गलबारदेखि विद्युत् सेवा अवरुद्ध — OSNepal

बैतडीमा मङ्गलबारदेखि विद्युत् सेवा अवरुद्ध

LC (KTM) November 23, 2022 0

बैतडी-बैतडीको दोगडाकेदारमा मङ्गलबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । मङ्गलबार दिउँसो ३ बजे दोगडाकेदार गाउँपालिका–३ खिरेगाउँमा तार चुँडिदा विद्युत् सेवा अवरुद्ध यहाँको अधिकांश क्षेत्र अन्धकारमय बनेको छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको श्रीकोटका गणेशसिंह विष्टले बताउनुभयो । विद्युतका कारण सञ्चारका उपकरण नचल्दा निर्वाचनको मतपरिणाम सुन्न उत्सुक व्यक्ति पनि विञ्चित भएका छन् । उहाँले भन्नुभयो, “विद्युत् अवरुद्ध हुँदा अन्धकारमा बस्नु परेको छ, मोबाइलसमेत अफ हुँदा सञ्चारविहीन हुनुपरेको छ ।” विद्युत्बाट सञ्चालन हुने मिल पनि बन्द रहेका छन् ।

यता नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले भने विद्युत्को लाइन मर्मतका लागि प्राविधिक कर्मचारी खटाइएको बताउनुभयो । एक स्थानीय बासिन्दाले रूख काट्दा मेनलाइनको एक किलोमिटर क्षेत्रको तारहरु चुँडिएको छ । उहाँले भन्नुभयो, “प्राविधिक कर्मचारी खटाएका छौँ, मर्मत गरेर सञ्चालन गर्न दिउँसोसम्म समय लाग्छ होला ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर