सभापतिको उम्मेदवारमा आफुलाई सहयोग गर्न भन्दै निधि पुगे पौडेल निवास — OSNepal

सभापतिको उम्मेदवारमा आफुलाई सहयोग गर्न भन्दै निधि पुगे पौडेल निवास

LC (KTM) June 30, 2021 0

काठमाडौं १६ असार । आसन्न महाधिवेशनको लागि आफुलाई सभापति उम्मेदवारमा सहयोग गरिदिन भन्दै उपसभापति विमलेन्द्र निधिले कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा पुगेका छन् । आज पौडलेको बोहोराटारस्थित निजि निवास पुगेका निधिले यस्तो आग्रह गरेका हुन् ।

वर्तमान शेरबहादुर देउवा निकट निधिले पार्टीको १४ औँ महाधिवेशनको लागि आफु सभापतिमा उठ्ने जानकारी गराउँदै नेता पौडेललाई सहघाउन आग्रह गरेका हुन् । तथापी, पोडेलले भने क्रियाशील सदस्य र समायोजनको विषय टुंगाउन सुझाव दिएको पौडेलको सचिवालयल जनाएको छ ।

सभापतिमा उठ्ने निणर्य गरेका निधिले आफुलाई सहयोग गर्न भन्दै पार्टीका शिर्ष नेताहरुसँगको भेटघाटलाई तिव्रता दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर