बिश्वकप फुटबल : घानामाथि पोर्चुगलको संघर्षपुर्ण जित, रोनाल्डो बने लगातार ५ बिश्वकपमा गोल गर्ने कीर्तिमानी खेलाडी — OSNepal

बिश्वकप फुटबल : घानामाथि पोर्चुगलको संघर्षपुर्ण जित, रोनाल्डो बने लगातार ५ बिश्वकपमा गोल गर्ने कीर्तिमानी खेलाडी

LC (KTM) November 24, 2022 0

उपाधि दाबेदार मानिएको पोर्चुगलले विश्वकप फुटबलमा घाना माथि संघर्षपुर्ण जित निकालेको छ । केहीबेर अघि सम्पन्न खेलमा घानालाई ३-२ गोल अन्तरले हराउँदै पोर्चुगलले सुखद सुरुआत गरेको हो । कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगलले घानामाथि संघर्षपूर्ण जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि अन्य सबै गोल दोस्रो हाफमा भएको थियो । खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । यस गोलसँगै रोनाल्डोले लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाउन सफल भएका छन् ।

३७ वर्षीय रोनाल्डोले यस अघि २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए । खेलको ७३ औं मिनेटमा आन्द्रे एयुले गोल गर्दै घानालाई १-१ गोलको बराबरीमा ल्याए । ७८ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २-१ को अग्रता दिलाए । खेलको ८० औं मिनेटमा राफायल लियोले गोल गरेपछि पोर्चुगल ३-१ ले अघि रह्यो । त्यसपछि खेलको ८९ औं मिनेटमा घानामा ओस्मान बुकारीले गोल गरे पनि पोर्चुगल ३-२ ले विजयी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर