नारायणी नदीमा नुहाउने क्रममा चिप्लिएर पौडेलको मृत्यु — OSNepal

नारायणी नदीमा नुहाउने क्रममा चिप्लिएर पौडेलको मृत्यु

LC (KTM) November 25, 2022 0

काठमाडौं – नारायणी नदीमा नुहाउने क्रममा नदीमा चिप्लिएर एक जनाको मृत्यु भयको छ । मृत्यु हुनेमा किसान बचत तथा ऋण सहकारी संस्थाका प्रमुुख कार्यकारी अधिकृत गणेश शर्मा पौडल रहेका छन् ।

४३ वर्षीय पौडेल नारायणी नदीमा नुहाउने क्रममा राधाकृष्ण मन्दिर नजिकैबाट ढुंगाबाट चिप्लिएर नदीमा डुबेका थिए । गैँडाकोट नगरपालिका वडा नं। ८ निवासी पौडेललाई विहान ६ वजे नदीमा उद्धार गरि पचारको लागि चितवन मेडिकल कलेज लगिएको उपचारको क्रममा निधन भएको हो ।

पौडेलका श्रीमती र २ छोरीहरु छन् । प्रमुख कार्यकारी अधिकृत पौडेलको निधनप्रति किसान बचतले दुख ब्यक्त गरेको छ ।
यो पनि पढ्नुहोस- म्याग्दीका नवनिर्वाचित जनप्रतिनिधिका प्राथमिकता : अधुरा र अलपत्र योजना सम्पन्न गर्ने – म्याग्दी-म्याग्दीका नवनिर्वाचित प्रतिनिधि र प्रदेशसभाका सदस्यहरूले जिल्लाका अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल थाल्ने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्विर) ले जिल्लामा रोकिएका विकास र निर्माणका योजनालाई छ महिनाभित्र सुरु गर्ने बताउनुभयो ।

“म्याग्दीमा विकास निर्माणका काम अलपत्र छन् । ठेकेदार साथीहरूलाई लुकाएर राखेका छन्”, उहाँले भन्नुभयो, “अबको छ महिनाभित्र यी अलपत्र योजनालाई तीव्रताका साथ कार्यान्वयन हुने वातावरण बनाउँछौँ ।”

जिल्लाका २० सडक र मोटरेबल पुल निर्माणसम्बन्धी आयोजना अलपत्र परेका छन् । सडक र पुल निर्माणमा भएको ढिलासुस्तीले स्थानीयवासीलाई आवतजावतमा सास्ती, दुर्घटनाको जोखिम, आयोजनाको लागत र ढुवानी खर्च बढेको छ ।

म्याग्दीमा गण्डकी प्रदेश सरकारका ११ र सङ्घीय सरकारका नौवटा सडक र मोटरेबल पुलसम्बन्धी आयोजना अलपत्र परेका हुन् । पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गतका छवटा सडक र पाँचवटा मोटरेबल पुल थलिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर