सिरहा क्षेत्र–४ मा जसपाका महतो विजयी — OSNepal

सिरहा क्षेत्र–४ मा जसपाका महतो विजयी

LC (KTM) November 25, 2022 0

सिरहा – सिरहा निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)–जनता समाजवादी पार्टीको तर्फबाट जसपाका डा वीरेन्द्रप्रसाद महतो विजयी हुनुभएको छ । अन्तिम मतपरिणामअनुसार उहाँले जनमत पार्टीका वीरेन्द्रप्रसाद शाहलाई सात हजारआठ सय आठ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत दीपेन्द्रनाथ योगीका अनुसार महतोले २४ हजार एक सय दुई मत प्राप्त प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शाहले १६ हजार दुई सय ९४ मत प्राप्त गर्नुभयो । यसैगरी सत्ता गढबन्धनबाट एकीकृत समाजवादीका धर्मनाथ शाहले १४ हजार ६५३ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका विमल कुमार तिवारीले एक हजार ६८३ मत प्राप्त गर्नुभयो ।

यस निर्वाचन क्षेत्रमा जम्मा ६५ हजार दुई सय १६ मत खसेकामा चार हजार दुई सय ९४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सिरहा–४ मा विजयी महतो २०७० को दास्रो संविधानसभामा समानुपातिकतर्फबाट सभासद बन्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर