डोल्पामा चुनाव गराउनका लागि गएका कर्मचारीलाई हेलिकोप्टरबाट ल्याइँदै – OSNepal

डोल्पामा चुनाव गराउनका लागि गएका कर्मचारीलाई हेलिकोप्टरबाट ल्याइँदै

Osnepal November 25, 2022 0

उपल्लो डोल्पामा चुनाव गराउनका लागि गएका कर्मचारीलाई शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट ल्याइँदै ।

यो पनि : गठबन्धन मिलेर देशलाई दुर्घटनामा जानबाट जोगायौं : प्रचण्ड:नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरू बीचको बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् ।

शुक्रबार गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएको प्रमाण पत्र लिइसकेपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

ुअहिलेसम्मको उपलब्धिलाई उल्ट्याउने प्रयासविरुद्ध सबैलाई साथ दिन अपिल गर्छु । यसअघि दुर्घटनामा जाने हो भन्ने अवस्थामा पुगिसकेको थियो । हामीले गम्भीर बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगायौँ,’ उनले भने,ु ।

अध्यक्ष प्रचण्डले निर्वाचनमा गठबन्धनले सोचेजस्तो परिणाम नआएको पनि बताएका छन् । उनले यस विषयमा गठबन्धनमा सामेल दलहरुबीच छलफल गर्नेसमेत उल्लेख गरे । प्रचण्ड गोरखा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर