विजयी र्‍यालीमा महामन्त्री शर्मा — OSNepal

विजयी र्‍यालीमा महामन्त्री शर्मा

LC (KTM) November 25, 2022 0

झापा -झापा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालगायत शुक्रबार आयोजित विजयी र्‍यालीमा सहभागी हुँदै । तस्बिर: सुरेन्द्र भण्डारी, रासस

यो पनि:‘कला, संस्कृतिको महत्व महसुस गरेको छु’ ः मेयर साह-काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले महानगरपालिका समृद्ध हुनका लागि कलाका गतिविधिहरु पनि उत्तिकै हुनुपर्ने महसुस गरेको बताउनुभएको छ । आजदेखि काठमाडौँस्थित मण्डला थियटरमा सुरू भएको ‘नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ (निटफेस्ट २०२२)’ को दोस्रो संस्करणको उद्घाटन समारोहमा शुभकामना दिँदै मेयर साहले महानगरले खेलकुद र कला हेर्ने छुट्टाछुट्टै विभाग बनाएर काम गर्ने सोच रहेको जानकारी दिनुभयो ।

“फिल्म र रङ्गमञ्चसँग जोडिएका फेस्टिभलहरू बजेटमा छैनन् । आउँदो वर्षदेखि रातो किताबमा नै ल्याएर सघाउने तयारीमा छौँ । त्यो हुँदा अझै खुलेर यस्ता महोत्सव गर्न सकिन्छ र त्यसको प्रभाव पनि त्यही अनुरुप हुनेछ भन्ने लाग्छ”, मेयर शाहले भन्नुभयो, “छुट्टाछुट्टै विभाग नहुँदा हामीले सहयोग गर्न सकिरहेका छैनौँ । कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने हुँदा हामी यसप्रति सजग छौँ ।”

‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्च ः विविधिताको उत्सव’ भन्ने नाराका साथ सुरू भएको महोत्सव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गर्नुभएको हो । नौ दिनसम्म थापागाउँ काठमाडौँस्थित मण्डला थिएटरमा चल्ने महोत्सवमा सहभागिता जनाउन भारतबाट अभिनेत्री शबाना आजमी नेपाल आउनु भएको छ ।

जम्मा १२ देशका १८ नाटकको मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रम हुने महोत्सवमा विश्वभरबाट दुई सयभन्दा बढी नाट्य कलाकार सहभागी छन् । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर