आयोजक कतार लाई हराउँदै सेनेगलद्धारा बिश्वकप फुटबलमा पहिलो जित दर्ता — OSNepal

आयोजक कतार लाई हराउँदै सेनेगलद्धारा बिश्वकप फुटबलमा पहिलो जित दर्ता

LC (KTM) November 25, 2022 0

फिफा विश्वकप फुटबलमा आयोजक कतार सेनेगल संग पराजित भएको छ । सेनेगलको यो पहिलो जित हो । अल थुमामा स्टेडियममा आज बेलुका भएको खेलमा कतारलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । खेलको ४१ औं मिनेटमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसको ७ मिनेट बित्न नपाउँदै खेलको ४८ औं मिनेटमा फामरा डाइधिऔले गोल गर्दै सेनेगललाई २-० को स्थितीमा पु¥याएका थिए । खेलको ७८ औं मिनेटमा मुहमद मुन्तारीले गोल गर्दै कतारलाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८४ औं मिनेटमा बाम्बा डिङले गोल गर्दै सेनेगललाई ३-१ को जित दिलाए ।

जितसँगै समूह ए को सेनेगलले अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ । सेनेगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । कतार अंक विहीन रहदै पुछारमा रहेको छ । कतार प्रतियोगिताको समूह चरणबाट बाहिरिने संघारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर