बिश्वकप फुटबल : नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दा आयोजक कतार समुह चरण बाटै बाहिरियो — OSNepal

बिश्वकप फुटबल : नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दा आयोजक कतार समुह चरण बाटै बाहिरियो

LC (KTM) November 26, 2022 0

कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्यान्ड्स र इक्वेडरले एक एक गोलको बराबरी खेलेका छन् । बराबरी संगै दुबै टोलीले अंक बाँडेका छन् ।खालिफा अन्तराष्ट्रिय स्टेडियममा आज राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको छैटौं मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर, नेदरल्यान्ड्सले दोस्रो हाफमा अग्रता जोगाउन सकेन । खेलको ४९ औं मिनेटमा इनर भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै समूह ए मा रहेका नेदरल्यान्ड्स र इक्वेडरले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ । नेदरल्यान्ड्स २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । इक्वेडर ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यस समूहमा सेनेगल ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यस समूहबाट कतार भने समूह चरणबाट बाहिरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर