सक्कली सुन आफुले लगेर नक्कली सुन फिर्ता दिई ठगी गर्ने यी को हुन् ? — OSNepal

सक्कली सुन आफुले लगेर नक्कली सुन फिर्ता दिई ठगी गर्ने यी को हुन् ?

LC (KTM) November 26, 2022 0

लमजुङ :

लमजुङ प्रहरीले सुन सफा गर्छु भन्दै सक्कली सुन आफुले लगेर नक्कली सुन फिर्ता दिई ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ 

। प्रहरीले सुन सफा गरी तौल कम पारी ठगी गर्ने भारतिय नागरीक बर्ष २४ का बिबेक कुमारलाई बिहीबार जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर.३ खुदीबाट पक्राउ गरेको हो ।

विवेकले मस्र्याङदी गाउँपालिका ३ खूदी स्थित सुनको गरगहना सफा गरी चम्कने बनाईदिन्छु भनी विश्वासमा पारी स्थानिय ३ जना महिलाहरुले लगाएको सुनको सिक्री तथा ब्रासलेट खोल्न लगाई बिभिन्न रासायनिक पदार्थको प्रयोगबाट ठगी गरेको उजुरी आएपछि विवेकलाई पक्राउ गरीएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।

 पक्राउ परेका भारतिय नागरीक बिबेक कुमारलाई लमजुङ जिल्ला अदालतबाट बिहीबारदेखि लागु हुने गरी दिन ७ को म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर