बिश्वकप फुटबल : अस्ट्रेलियाद्धारा ट्युनिसिया पराजित,के आज मेक्सिकोलाई जित्ला त अर्जेन्टिनाले ? — OSNepal

बिश्वकप फुटबल : अस्ट्रेलियाद्धारा ट्युनिसिया पराजित,के आज मेक्सिकोलाई जित्ला त अर्जेन्टिनाले ?

LC (KTM) November 26, 2022 0

कतारमा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलिया बिजयी भएको छ । उसले ट्युनिसियालाई पराजित गरेको हो । आज कतारको अल जानौब रंगशालामा ट्युनिसियाविरुद्ध गोल गर्दै अस्ट्रेलियाले १-० गोलको संघर्षपुर्ण जित निकालेको हो ।

खेलको २३औँ मिनेटमा मिचेल डुकले अस्ट्रेलियाका लागि निर्णायक गोल गरेका थिए । पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अस्ट्रेलियाले ३ अंक जोडेको छ । यता पराजित ट्युनिसिया पहिलो खेलमा डेनर्माकसँग बराबरी खेल्दै एक अंक जोडेको थियो ।

यसैबीच आज शनिबार राति अर्जेन्टिनाले मेक्सिकोसँग प्रतिस्पर्धा गर्दैछ ।उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले लुसाइल स्टेडियममा मेक्सिकोको सामना गर्नेछ । अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

अर्जेन्टिना आज पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा अर्जेन्टिनाले अप्रत्यासित रुपमा साउदी अरेबियासँग २-१ ले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर