अभ्यास खेलमा नेपालद्धारा दिल्ली ६ विकेटले पराजित — OSNepal

अभ्यास खेलमा नेपालद्धारा दिल्ली ६ विकेटले पराजित

LC (KTM) November 26, 2022 0

नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेलमा भारतको दिल्ली जिल्ला क्रिकेट एसोसियसन डीडीसीए लाई ६ विकेटले पराजित गरेको छ । दिल्लीमा रहेको अरुन जेट्ली क्रिकेट मैदानमा आज भएको खेलमा डीडीआसीले १ सय ५९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य नेपालले २८.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा ज्ञानेन्द्र मल्लले अविजित ४८ रन बनाउँदा आसिफ शेखले ३० रन बनाए । अर्जुन साउदले २८ तथा कप्तान रोहित कुमार पौडेलले २४ रनको योगदान दिए । डीडीसीएका लागि सिद्धान्त शर्मा,रवि रोशन,पर्थ वाडर र ध्रुव चौहानले समान एक एक विकेट लिएका थिए । पहिले ब्याटिङ गरेको डीडीसीएको टोलीले ४०.५ ओभरमा अलआउट हुदै १ सय ५८ रनको स्कोर बनाएको थियो ।

डीडीसीएका लागि काव्य गुप्ताले अविजित ३४ तथा सलिल मल्होत्राले ३१ रनको योगदान गरे । यता नेपालका लागि सागर ढकालले ५ ओभरमा १२ रन दिएर ५ विकेट लिएका थिए । कुशल भुर्तेलले २ तथा हरिशंकर शाह,ललित नारायन राजवंशी र सोमपाल कामीले समान एक एक विकेट लिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर