अर्जेन्टिनालाई हराएको साउदी अरब पोल्याण्डसंग स्तब्ध — OSNepal

अर्जेन्टिनालाई हराएको साउदी अरब पोल्याण्डसंग स्तब्ध

LC (KTM) November 26, 2022 0

कतारमा जारी फिफा विश्वकपमा आज भएको खेलमा पोल्याण्ड बिजयी भएको छ । पोल्याण्डको यो पहिलो जित हो । पोल्याण्डले साउदी अरबलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

एजुकेशन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डको जितमा ३९ औं मिनेटमा प्रिटो जिलेन्स्कीले गोल गरेकामा ८२ औ मिनेटमा कप्तान रोर्बट लेभान्डोस्किले दोस्रो गोल थपेका थिए ।

पोल्याण्ड आफ्नो पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको थियो । बलियो मानिएको अर्जेन्टिनालाई पहिलो खेलमा पराजित गरेको साउदी भने पोल्याण्ड संग स्तब्ध बन्यो ।

पहिलो जित हात पारेको पोल्याण्ड समूह सी को शीर्ष स्थानमा रहेको छ । पराजयका बाबजुत साउदी दोस्रो स्थानमा रहेको छ । आज नै यस समूहका अर्जेन्टिना तथा मेक्सिकोबीचमा खेल हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर