छोराले निरन्तर टिभी हेरेपछि यस्तो सम्म यातना दिए यी दम्पत्तिले, खबर सुनेर सबै चकित परे — OSNepal

छोराले निरन्तर टिभी हेरेपछि यस्तो सम्म यातना दिए यी दम्पत्तिले, खबर सुनेर सबै चकित परे

LC (KTM) November 29, 2022 0

बेइजिङ, १३ मंसिर : आमाबाबुले आफ्ना छोराछोरीहरूलाई अनुशासन दिन्छन् र तिनीहरूलाई विभिन्न तरिकाले जीवनका मूल्य मान्यता सिकाउँछन् । यद्यपि, एक चिनियाँ दम्पतीले आफ्नो बच्चालाई पाठ सिकाउन हद पार गरेका छन् । धेरै टेलिभिजन हेरेको भन्दै आठ वर्षीय छोरालाई अभिभावकले दण्डस्वरुप रातभर टेलिभिजन हेर्न बाध्य पारेको साउथ चाइना मर्निङ पोस्टले रिपोर्ट गरेको छ  ।

आउटलेटका अनुसार बुबा आमा बाहिर जाँदा मध्य चीनको हुनान प्रान्तका आठ वर्षीय बालकलाई घरमै छोडिएको थियो बाबुआमाले उनलाई  गृहकार्य समाप्त गरेर राति साढे ८ बजेसम्म सुत्न भनेका थिए । तर, उनीहरु घर फर्किदासम्म  आफ्नो छोराले टिभी हेरिरहेका थिए । बालकले आफ्नो पनि गरेका थिएनन् । बाबुआमा घर आएपछि उनी लुसुक्क सुत्न गएका थिए ।
 
बच्चाको व्यबहारबाट बाक्क परेकी आमाले उसलाई तानेर बैठक कोठामा लगेर टिभी अन गरिन् र रातभरि हेर्न बाध्य गरिन्। बच्चालाई निगरानी गर्न रातभर बाबुआमा पालैपालो रातभर जाग्राम बसे ।  बालक चाँडै थकित हुन थाले र बस्न तथा हेर्न नसक्ने भए । तर बाबुआमाको जिद्धीको अगाडि केही लागेन । उनलाई टेलिभिजन हेरिरहन कर लगाइयो । उ निदबाट बच्न संघर्ष गर्यो । रुदै आमासँग सुत्न अनुमति माग्यो । जति बिन्ति गरे पनि क्रुर आमाले सुनिनन् ।

चीनमा सामाजिक सञ्जाल वेबसाइटहरूमा भाइरल भएको सो घटनाको एक सीसीटीभी फुटेजमा बालकलाई सोफामा सुतिरहेको देख्न सकिन्छ । बालकलाई बुबा आमाले ब्युँझाउन र टेलिभिजन हेरिरहन कर गरेको देख्न सकिन्छ । उनलाई बिहान ५ बजेसम्म सुत्न दिइएको थिएन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर