दक्षिण कोरियामा ७१ हजार भन्दा बढि कोोना सङ्क्रमित थपिए — OSNepal

दक्षिण कोरियामा ७१ हजार भन्दा बढि कोोना सङ्क्रमित थपिए

LC (KTM) November 29, 2022 0

सोल-दक्षिण कोरियामा सोमबार मध्यरातसम्म ७१ हजार चार सय ७६ कोभिड–१९ का नयाँ सङ्क्रमण देखिएको छ । कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ७० लाख ३१ हजार तीन १९ पुगेको स्वास्थ्य अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।

दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनभन्दा २२ हजार तीन सय २७ ले बढेको बताइएको छ । तर यो एक हप्ताअघिकाो तथ्याङ्क ७२ हजार आठ सय ६० भन्दाकम रहेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सीले जनाएको छ ।

नयाँ सङ्क्रमितमध्ये ८४ विदेशबाट आयातित रहेका जनाइएको छ । गम्भिर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या चार सय ९१ रहेको जनाइएको छ । थप ४१ जनाको मृत्यु पुष्टि भएपछि कुल मृतकको सङ्ख्या ३० हजार चार सय ५४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर