गाडीमा अलैँची लोड गर्दै ताप्लेजुङका व्यापारी,प्रति मन २६ हजारमा कारोबार — OSNepal

गाडीमा अलैँची लोड गर्दै ताप्लेजुङका व्यापारी,प्रति मन २६ हजारमा कारोबार

LC (KTM) November 30, 2022 0

ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा गाडीमा अलैँची लोड गर्दै व्यापारी । अहिले अलैँचीको मूल्यमा गिरावट आएको छ यस अघि ताप्लेजुङमा प्रति मन रु २७÷२८ हजारमा कारोबार हुँदै आएकोमा अहिले प्रति मन रु २६ हजारमा कारोबार भइरहेको छ । तस्बिरः सन्तोष पुर्कुटी÷रासस

यो पनि:झोलुङ्गे पुलले छोटियो दूरी- मादी नदीको दायाँबायाँमा व्यास नगरपालिकाका दुई वडा पर्छन् । वारी व्यास–१० को परेवाडाँडा र पारी व्यास–५ को चिन्तुटार । दुबै वडाको बीचमा मादी नदी बग्छ । मादी नदीमाथि पुल नहुँदा हिँडेर एक घण्टा लाग्ने दूरी अहिले पुल बनेपछि दश मिनेटमा आउजाउ गर्न सकिन्छ ।

दैनिक दुई वडाका वासिन्दाको आवातजावत सहज बनाइदिएको व्यास–१० का पूर्ववडाध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो । आर्थिक वर्ष २०७६÷७७ मा पुल निर्माणको लागि ठेक्का सम्झौता गरे पनि विद्युत्को हाइटेन्सन लाइन र कोरोनाका कारण दुई वर्ष ढिलो गरी उक्त पुल हालै सम्पन्न भएको हो । एन टाइपको सस्पेन्सन किसिमको करिब दुई सय ८२ मिटर लामो झोलुङ्गे पुल निर्माणपछि त्यसक्षेत्रका बासिन्दामा खुसीयाली छाएको छ । गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यक्रम अन्तर्गत जिल्ला पूर्वाधार कार्यालय तनहुँमाले सो पुल बनाएको हो ।

रु दुई करोड ६४ लाखमा पुल निर्माण गरिएको पुल निर्माणका साइट इन्चार्ज इञ्जिनीयर शेखर रायमाझीले जानकारी दिनुभयो । पिजन हिल होटल सञ्चालकसमेत रहनुभएका विवेक सापकोटाले दुई वडालगायतका करिब दश हजार बढी बासिन्दा प्रत्यक्ष लाभान्वित भएको बताउनुभयो । पुल बनेपछि स्थानीयलाई बिरामी हुँदा निकै राहत मिलेको व्यास नगरपालिका–१० का वडाध्यक्ष खेमराज पोलले जानकारी दिनुभयो । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर