डोटीमा हेलिकप्टरबाट सुत्केरीको उद्धार — OSNepal

डोटीमा हेलिकप्टरबाट सुत्केरीको उद्धार

LC (KTM) November 30, 2022 0

डोटी, १४ मंसिर- डोटीमा हेलिकप्टरबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ । उच्च रक्तश्राव भएपछि जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ५ लाना केदारेस्वरकी २७ वर्षीया अमृतादेवी बोहराको हेलिकप्टरबाट उद्धार गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् ।

सामुदायिक स्वास्थ्य इकाइ लाना रन्तोलामा उच्च रत्तश्राव भएपछि उनलाई विभिन्न निकायको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलालाई आवश्यक परेमा हेलिकप्टरबाट उद्धार गर्ने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर