कस्ले दियो राजकुमार ह्यारीकी पत्नी मेघनलाई ज्यान मार्ने धम्की — OSNepal

कस्ले दियो राजकुमार ह्यारीकी पत्नी मेघनलाई ज्यान मार्ने धम्की

LC (KTM) December 01, 2022 0

लन्डन, १५ मंसिर:बेलायती राजकुमार ह्यारीकी पत्नी मेघन मर्केल ९ डचेस अफ ससेक्स० ले ‘घृणित’ खतराहरूको सामना गर्नुपरेको बेलायतका सबैभन्दा वरिष्ठ पुलिस अधिकारीले बताएका छन् । काउन्टर टेररिज्मको प्रमुखको हैसियतमा उनले मेघन मार्कल र उनका पति प्रिन्स ह्यारी विरुद्ध अति दक्षिणपन्थी चरमपन्थीहरूको धम्कीको सामना गर्नुपरेको नील बसुले बताए ।

४ न्युज समाचारसँगको एक अन्तर्वार्ता उनले सो भनाई राखेका हुन् । उनको भनाई राजकुमार ह्यारीले आफूलाई सुरक्षा खतरा रहेको भन्ने यसअघि गरेको दाबीसँग मेल खान्छ । मिश्रित जाति पूर्व टेलिभिजन अभिनेता मेघनले सन् २०१८ मा राजा चार्ल्स तृतीयको कान्छो छोरासँग विवाह गरेकी थिइन् । उनीहरूले सन् २०२० मा शाही जीवन त्यागेर अमेरिका गएका थिए ।

लन्डनको मेट्रोपोलिटन पुलिस सेवाबाट ३० वर्षपछि राजीनामा दिँदै गरेका ५४ वर्षीय बासुलाई मेघनको जीवनमा साँचो खतरा छ कि भनेर सोधिएको थियो। त्यसको जबाफमा उनले ‘बिल्कुल’ भन्दै धम्कीहरूलाई ‘घृणित र धेरै वास्तविक’ भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर