जब प्रेमी युद्ध बानियाले नायिका पूजा शर्मालाई ‘सानु’ भनेर बोलाए — OSNepal

जब प्रेमी युद्ध बानियाले नायिका पूजा शर्मालाई ‘सानु’ भनेर बोलाए

LC (KTM) December 01, 2022 0

काठमाडौं । नायिका पूजा शर्माले पछिल्ला दिनमा व्यावसायमा हात हालेकी छिन् । चलचित्र निर्माणका अलावा व्यावसायमा हात हालेसँगै उनले कहिले विबाह गर्लिन् भन्ने चासो सबैलाई छ यतिखेर ।

नायक आकाश श्रेष्ठसँग पानी बाराबार भएपछि युद्ध बानियाँसँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेकी उनले अहिलेसम्म सार्वजनिक कार्यक्रममा प्रेमी युद्ध बानियालाई अघि सारेकी छैनन् ।

आफ्नो पछिल्लो फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिज भएपछि भने उनले युद्धलाई आफ्नो छायाँ बनाएर हिँड्ने गरेकी पूजाले त्यसअघि भने कहिल्यै प्रेमीलाई लिएर सार्वजनिक कार्यक्रममा गइनन् । तर अहिले भने मिडियाको लावालस्कर हुने सार्वजनिक कार्यक्रममा पनि आजभोली उनी युद्धसँग निर्धक्क पुग्ने गरेकी छिन् । हालै अभिनेता सलोन बस्नेत र करिश्मा केसीको मेहेन्दी र संगीत कार्यक्रममा पूजा प्रेमीकै साथमा पुगीन् । तर पूजाले मिडियाको सामना गर्ने क्रममा भने युद्धलाई अगाडि सारिनन् ।

उनको कुरा आँफैले राख्दै पूजाले भनिन् युद्ध लजालु स्वभावको भएकाले मिडियामा बोल्न अप्ठ्यारो मान्ने भन्दै उनले मिडियामा बोल्नका लागि पनि उपयुक्त समय आउने बताइन् ।

उनले युद्धलाई मिडियामाझ चिनाउन नचाहे पनि सलोन९करिश्माको रिसेप्सन पार्टीमा उपस्थित भएका आफू नजिकका व्यक्तिहरुसँग भने चिनजान गराएकी थिइन् । उक्त पार्टीमा युद्धले केही पटक पूजालाई ‘सानु’ भनेर बोलाएको सुनिएको थियो । तर युद्धकी सानुले किन युद्धलाई बोल्न नदिएकी भन्दै कतिपय युट्युबरहरुले गुनासो गरिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर