मोरक्को बिश्वकप फुटबलको अन्तिम १६ मा प्रबेश — OSNepal

मोरक्को बिश्वकप फुटबलको अन्तिम १६ मा प्रबेश

LC (KTM) December 02, 2022 0
मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको नकाउट चरणमा प्रवेश गरेको छ । अल थुमामा स्टेडियममा आज राति क्यानडालाई २-१ गोल अन्तरले हराउँदै मोरक्को नकआउट चरणमा पुगेको हो।
मोरक्कोलाई जित दिलाउन हाकिम जिएच र युसुफ एन नेसरीले एक एक गोलको योगदान दिए । क्यानडाले एक गोल आत्मघाती उपहार पाएको थियो ।खेलको चौंथो मिनेटमा जिएचले गोल गर्दै मोरक्कोलाई सुरुआती अग्रता दिलाएका थिए ।
२३ औं मिनेटमा युसुफले गोल गर्दा मोरक्को २-० ले अघि रह्यो ।त्यसपछि खेलको ४० औं मिनेटमा मोरक्कोकै नायेफ अगुएर्डले आत्मघाती गोल गरेपनि क्यानडा २-१ ले पराजित भयो।
यस जितसँगै मोरक्को समूह एफ को विजेता बन्दै नकआउट चरणमा पुगेको छ । मोरक्कोले ३ खेलमा ७ अंक जोड्यो । मोरक्को १९८६ पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको हो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर