प्रहरीको सई हुँ भन्दै ठगी गर्ने एक जना ब्यक्ति पक्राउ — OSNepal

प्रहरीको सई हुँ भन्दै ठगी गर्ने एक जना ब्यक्ति पक्राउ

LC (KTM) December 02, 2022 0

प्रहरीको सई हुँ भन्दै ठगी गर्ने एक जना ब्यक्ति पक्राउ परेका छन् । मोरंगको पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउंपालिकाका विभिन्न स्थानबाट विशेष प्रहरीको सई हुँ भन्दै स्थानिय बजार पसलमा ठगी गर्ने ४६ वर्षे सन्तोष कुमार कन्दङवालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले गत १५ गते दिउँसो ३ बजे मोरङ्गको पथरीशनिश्चरे – ७ बस्ने कन्दङवालाई ठगी गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पथरीशनिश्चरे र कानेपोखरी पालिकाका विभिन्न स्थानबााट विशेष प्रहरीको सई हुँ भनी धम्की दिई स्थानीय बजार पसलमा ठगी गरेको भन्ने जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई पथरीशनिश्चरे ३ बाट पक्राउ गरेको थियो।

पक्राउ परेका कन्दङवाको साथबाट प्रहरीले मोबाइल १ थान , १७ सय नगद ,ज्याकेट, व्याग लगायत अन्य सरसमान बरामद गरेको छ । ठगीमा प्रयोग गरेको को ३२ प ५९८९ न।को मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ। निजलाई ठगी कसूरमा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर