११६ करोड अनियमितता गरेको बिबादमा फसे अभिनेता रितेश देशमुख — OSNepal

११६ करोड अनियमितता गरेको बिबादमा फसे अभिनेता रितेश देशमुख

LC (KTM) December 03, 2022 0

अभिनेता रितेश देशमुख विवादमा फसेका छन् । उनको कम्पनीलाई ऋण दिन सहकारी बैंकले अनियमितता गरेको हो कि होइन भनेर छानबिन गर्न आदेश दिएको छ । महाराष्ट्रका मन्त्री अतुल सावेले बुधबार रितेश देशमुख र उनकी श्रीमती जेनेलियाको कृषि प्रशोधन गर्ने कम्पनीले लिएको ऋणबारे छानबिन गर्न आदेश दिइएको बताए ।

सोही सम्बन्धमा रितेश देशमुख र उनकी श्रीमती जेनेलिया देशमुखलाई सहकारी बैंकहरूले आफ्नो लातूरको कृषि प्रशोधन कम्पनीलाई ११६ करोड रुपैयाँ ऋण दिएकोमा अनियमितता गरेको आरोप लागेपछि छानबिन गर्न आदेश दिइएको छ। केही दिनअघि लातूर जिल्लाका केही भाजपा नेताहरूले रितेश देशमुख र जेनेलिया डिसुजाको नेतृत्वमा रहेको कम्पनी ‘देश एग्रो प्रालि’लाई सहकारी बैंकले दिएको ऋणमा अनियमितता भएको आरोप लगाएका थिए।

यस सम्बन्धमा सहकारिता मन्त्री सावेले भने, ‘भाजपाका लातूर जिल्ला अध्यक्ष ९गुरुनाथ० मगेले यस सम्बन्धमा पत्र लेखेका थिए । एमआइडीसी बारे मलाई केही थाहा छैन, तर बैंकहरूको तर्फबाट कुनै अनियमितता भए नभएको पत्ता लगाउन मैले छानबिन गर्न आदेश दिएको छु। रितेश र जिनिलियाको कम्पनीले अक्टोबर ४, २०२१ मा पंढरपुर अर्बन कोअपरेटिभ बैंकमा ऋणका लागि निवेदन दिएको दाबी गरिएको थियो ।

बैंकले असोज २७ गते चार करोड रुपैयाँ ऋण स्वीकृत गरेको थियो । त्यसपछि कम्पनीले लातूर जिल्ला सहकारी बैंकसँग ६१ करोड रुपैयाँ ऋणका लागि निवेदन दिएको थियो । यो आवेदन पनि अक्टोबर २७ मा स्वीकृत भएको थियो। यसपछि २५ जुलाई २०२२ मा रितेश र जिनिलियाको कम्पनीलाई यस बैंकबाट ५५ करोड ऋण स्वीकृत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर