हाल नेपालमा सक्रिय कोरोना संक्रमित संख्या कति? • OSNepal

हाल नेपालमा सक्रिय कोरोना संक्रमित संख्या कति?

LC (KTM) December 03, 2022 0

काठमाडौं, १७ मंसिर-नेपालमा पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८४३ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको हो । यो अवधिमा एन्टिजेन विधिबाट परीक्षण गरिएका ३३५ नमुनामा कोरोना देखिएन ।

पछिल्लो समय कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर २१ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८८ हजार ७६३ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १२१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर