व्हिल चियर दौड प्रतियोगिताका सहभागीहरु — OSNepal

व्हिल चियर दौड प्रतियोगिताका सहभागीहरु

LC (KTM) December 04, 2022 0

सुर्खेत-३१औं अन्तरराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघरचोकमा नेपाल पारा ओलम्बिक कमिटी कर्णाली प्रदेशको आयोजना साइनिङ्ग अस्पताल सुर्खेतको साझेदारीमा आयोजना भएको व्हिल चियर दौड प्रतियोगिताका सहभागीहरु । तस्बिर ः सुरेश आचार्य, रासस

यो पनि:आधुनिक सभाहल निर्माण-म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा दुई सय क्षमताको बहुउद्देश्यीय सभाहल निर्माण भएको छ ।अन्नपूर्ण–६ घारका वडाध्यक्ष रामबहादुर खड्काले सभाहलको पूर्वाधार निर्माण, रङ्गरोगन, झ्याल, ढोका, विद्युत् जडानको काम सकिएको बताउनुभयो ।

“गत वर्ष सुरुआत भएको सभाहल निर्माण योजनालाई यसपालि पनि बजेट विनियोजन गरेर पूर्णता दिएका छौँ”, उहाँले भन्नुभयो, “कुर्ची, टेबुललगायत फर्निचर व्यवस्थापन गरेर व्यवस्थित किसिमले सभाहल सञ्चालन गर्छौँ ।”
आर्थिक वर्ष २०७८÷७९ मा दुई चरणमा रु २५ लाख विनियोजन भएको सभाहल निर्माणका लागि गाउँपालिकाले चालु आव २०७९÷८० मा रु छ लाख ५० हजार विनियोजन गरेको छ ।

उपभोक्ता समितिमार्फत सभाहल निर्माण गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो । सभाहलभित्र स्टेज पनि बनाइएको छ । सभाहल निर्माण भएपछि तालिम, गोष्ठी, भेला, बैठक, सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सहज हुने भएको छ ।

यसअघि संरक्षण क्षेत्र व्यवस्थापन समितिको भवन रहेको ठाउँमा सभाहल निर्माण गरिएको हो । पुरानो भवनमा रहेको प्रहरी चौकीलाई स्थानान्तरण गरिएको थियो । सभाहल नजिकै यसअघि नै वडा कार्यालय भवन निर्माण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर