चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले किन भेटे विभिन्न मुलुकका राजदुतलाई ? — OSNepal

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले किन भेटे विभिन्न मुलुकका राजदुतलाई ?

LC (KTM) December 05, 2022 0

काठमाडौं ।

चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीको राजदूत तथा कूटनीतिज्ञसँगको हालैको भेटघाट रोचक रह्यो ।

संयुक्त अरब इमिरेट्सको नेपाल मिसनको ५१ औं राष्ट्रिय दिवसको अवसरमा आयोजित समारोहमा अध्यक्ष केसीले विभिन्न मुलुकका राजदूतसँग नेपाली फिल्म र संगीत क्षेत्रबारे कुराकानी गरेका छन् ।

अध्यक्ष केसीले अमेरिकी राजदूत डीन आर थोम्पसन, अष्ट्रेलियाली राजदूत फेलिसिटी भल्क लगायत युरोपेली र मध्यपूर्वका राजदूतसँग उनले भलाकुसारी गरेको जनाइएको छ ।

नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने प्रतिबद्धता दोहोर्‍याइरहेका अध्यक्ष केसीले उक्त भेटमा कूटनीतिक नियोगसँग सहकार्य गर्न सकिने सम्भावनाबारे पनि अनौपचारिक कुरा गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर