बलिउडका अर्का चर्चित निर्माता तथा निर्देशकलाई हृदयघात, अवस्था अत्यन्तै चिन्ताजनक — OSNepal

बलिउडका अर्का चर्चित निर्माता तथा निर्देशकलाई हृदयघात, अवस्था अत्यन्तै चिन्ताजनक

LC (KTM) December 05, 2022 0

बलिउड चलचित्र जगतबाट फेरी एक दुखद खबर बाहिर आएको छ । बलिउडका दिग्गज निर्माता तथा निर्देशक नितिन मनमोहन अहिले जीवन मरणको लडाइँ लडिरहेका छन् । नितिनलाई हृदयघात भएको थियो, त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

रिपोर्टका अनुसार नितिन मनमोहनलाई शनिबार साँझ ठूलो हृदयघात भएको थियो, त्यसपछि उनलाई कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको थियो। नितिनको उपचारमा संलग्न चिकित्सकका अनुसार उनी खतरामा रहेको बताइएको छ । अस्पतालका अधिकारीका अनुसार नितिनलाई अहिले आईसीयूमा राखिएको छ ।

अधिकारीले समाचार एजेन्सीलाई भने- नितिनलाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ। अस्पतालमा ल्याउँदा उनको अवस्था निकै नाजुक थियो । उनी अहिले आईसीयूमा छन् । नितिनको अवस्था गम्भीर देखेर चिकित्सकले भेन्टिलेटरमा राखेका छन् । रिपोर्टमा यो पनि भनिएको छ कि धेरै डाक्टरहरूको टोलीले उनको उपचार गरिरहेका छन् र उनको अवस्थालाई हरेक पल नियाली रहेका छन् ।

नितिन मनमोहनका परिवारका सदस्य उनको स्वास्थ्यलाई लिएर निकै चिन्तित छन् र उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । नितिन मनमोहनको हृदयघातको खबर सार्वजनिक हुने बित्तिकै उनका सबै फ्यानहरुले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । नितिन मनमोहन चलचित्र जगतको एउटा ठूलो नाम हो ।

उनी चर्चित खलनायक मनमोहनका छोरा हुन् । नितिन मनमोहनले बोल राधा बोल, दस, लाडला, चल मेरे भाई, रेडी, शूल लगायत धेरै चलचित्र निर्माण गरेका छन् । नितिन मनमोहनको परिवार र उनका फ्यानहरूले पनि चलचित्रकर्मीको स्वास्थ्यको बारेमा चिन्तित छन् र उनको स्वास्थ्यको कामना गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर