प्रियंका कार्कीको चि मुसी चि फिल्मको मोसन पोष्टर सार्वजनिक — OSNepal

प्रियंका कार्कीको चि मुसी चि फिल्मको मोसन पोष्टर सार्वजनिक

LC (KTM) December 05, 2022 0

हरर तथा थ्रिलर फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिल्डिङ’को मोसन पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको पोस्टरमा प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारहरु रहेका छन् ।

अरुण चक्रवर्तीको निर्माण रहेको यस फिल्मको पोस्टरको पाश्र्व संगीत हेर्दा दर्शकले सजिलै अनुमान लगाउन सक्छन् कि यो फिल्म हरर फिल्म हो । मोसन पोष्टरले दर्शकलाई थप उत्सुक बनाएको छ । हरर तथा थ्रिलर ट्रेण्ड स्थापित गर्नकै लागि फिल्म निर्माण गरिएको निर्माता चक्रवर्तीले बताए ।

यस फिल्मले बलिउड र हलिउडलाई समेत चुनौती दिने उनले बताए । मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा निर्देशन गरेको यस फिल्म भारतीय र नेपाली प्राविधिकले मिलेर निर्माण गरेका हुन् । फिल्मबाट दर्शकले नयाँपन पाउने आशा लिइएको छ । रिञ्जु केसीसँग मिलेर चक्रवर्तीले फिल्म निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर