दक्षिण कोरियाविरुद्ध खरो उत्रिएका ब्राजिलका नेइमारले गरे राष्ट्रिय टिमका लागि ७६ औं गोल — OSNepal

दक्षिण कोरियाविरुद्ध खरो उत्रिएका ब्राजिलका नेइमारले गरे राष्ट्रिय टिमका लागि ७६ औं गोल

LC (KTM) December 06, 2022 0

काठमाडौं । सोमबार राती कतारको स्टेडियम ९७४ मा भएको खेलमा ब्राजिलले दक्षिण कोरियामाथि ४-१ गोलअन्तरको शानदार जित निकाल्दा सबैभन्दा बढी खुशी नेइमार देखिन्थे । पाँचपल्टको विश्व विजेता ब्राजिल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गराउनमा नेइमारको ठूलो हात छ ।

खेलको सातौं मिनेटमै नेइमारको पासमा रियल मड्रिडका युवा स्ट्राइकर भिनिसियस जुनियरले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसको केहि समयपछि नै ब्राजिलले पेनाल्टी पायो । नेइमारले पेनाल्टीमा गोल गरी अग्रता दोब्बर बनाए ।

नेइमारले राष्ट्रिय टिमका लागि ७६ औं गोल गरेका छन् । उनी ब्राजिलका सर्वाधिक गोलकर्ता महान खेलाडी पेलेको कीर्तिमानबाट १ गोलले पछाडि छन् । गएरातीको खेलमा ब्राजिलले ४-३-३ फर्मेसनमा टिम उतारेको थियो ।

ब्राजिली प्रशिक्षक टिटेले अग्रपंक्तिमा नेइमार, भिनिसियस र रिचार्लिसनलाई जिम्मेबारी दिँदा खेलद आक्रामक शैलीमा अघि बढेको थियो । ब्रजिलका लागि २९औं मिनेटमा एभर्टन स्ट्राइकर रिचार्लिसनले गोल गर्दा कप्तान थियागो शिल्भाले पास उपलब्ध गराएका थिए ।

त्न्यस्तै ३६औं मिनेटमा भिनिसियस जुनियरको उत्कृष्ट पासमा लुकास पाक्वेटाले पेनाल्टी एरियाबाट गोल गरेपछि ब्राजिलले पहिलो हाफमै फराकिलो अग्रता बनाएर शानदार जित निकाल्दै क्वाटरफाइनलमाको यात्रमा लागेको छ । ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । यो खेल आगामी आइतबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर