फिफा विश्वकपको समापनमा अभिनेत्री दीपिका पादुकोणले ट्रफी अनावरण गर्ने — OSNepal

फिफा विश्वकपको समापनमा अभिनेत्री दीपिका पादुकोणले ट्रफी अनावरण गर्ने

LC (KTM) December 06, 2022 0

एजेन्सी – कतार संस्करणको फिफा विश्वकप फुटबलको समापन समारोहमा बलिउड अभिनेत्री दीपिका पादुकोणले ट्रफी अनावरण गर्ने भएकी छन् ।

पुस ३ गते आइतबार लुसैल रंगशालामा हुने अन्तिम खेलमापादुकोणले ट्रफी अनावरण गर्ने भएकी हुन् । भारतीय संचारमाध्यमले फिफाको इतिहासमा कुनै विश्व सेलिव्रिटीले पहिलोपटक ट्रफीलाई अनावरण गर्न लागेको उल्लेख गेका छन् ।

यस अघि दीपिकाले विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा जुरीको रुपमा सहभागि हुने अबसर पाएकी थिइन् । जुरीको रुपमा सहभागि भएको केही महिनामै दीपिकालाई यो मौका प्राप्त हुन लागेको हो ।

यसका लागि उनी चाँडै कतारतर्फ प्रस्थान गर्ने भएकी छन् । यसैसाता जारी विश्वकपको फ्यान फेस्टिभलमा बलिउड अभिनेत्री नोरा फतेहीले नृत्य प्रस्तुत गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर