कालोपत्रे गर्ने काम सम्पन्न भएसँगै भत्किएको सडक — OSNepal

कालोपत्रे गर्ने काम सम्पन्न भएसँगै भत्किएको सडक

LC (KTM) December 06, 2022 0

मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका–१३, कुदुदेखि भुरसम्मको सडक कालोपत्रे गर्ने काम सम्पन्न भएसँगै असोज महिनामा भत्किएको भेरी नगरपालिका–८ स्थित सडक । सो सडक अहिलेसम्म निर्माण नहुँदा सवारीसाधन आवतजावतमा समस्या भएको छ । तस्बिरः हेमन्त केसी÷रासस

यो पनि:सुनको मूल्य घट्यो- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार तीन सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार चार सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले घटेर रु एक हजार तीन सय ५० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर