पल शाह जेलबाट निस्किएपछि ‘म यस्तो गीत गाउँछु ३’ बनाउने सुदर्शन र पूजाको योजना ! — OSNepal

पल शाह जेलबाट निस्किएपछि ‘म यस्तो गीत गाउँछु ३’ बनाउने सुदर्शन र पूजाको योजना !

LC (KTM) December 06, 2022 0

काठमाडौं । ‘म यस्तो गीत गाउँछु’को सिरिज ‘म यस्तो गीत गाउँछु २’ बन्यो । दशृकले पनि खुबै मन पराए ।

तर ‘म यस्तो गीत गाउँछु ३ ’ बनाउने सोचमा रहेका निर्माता निर्देशक सुदर्शन थापाले पल जेल जानु अघि भने पल शाह र पूजा शर्माको जोडी नै ‘म यस्तो गीत गाउँछु ३ ’मा दोहोरीने बताएका थिए ।

तर रोमान्टिक लभस्टोरी फिल्म निर्देशनमा स्थापित सुदर्शन थापाको साथमा अहिलेल चकलेटी हिरो पल शाह छैनन् ।

दोस्रो श्रृंखला रिलिजको मुखमा पल कानुनी झमेलामा फसेका पल कहिले बाहिर निस्कन्छन्, कुनै टुंगो छैन । र, ‘म यस्तो गीत गाउँछु ३’ कहिले बन्छ भन्नेमा पनि टुंगो छैन । अहिले सुदर्शनको पाइपलाइनमा तीनवटा फिल्म छन् । ती फिल्मपछि मात्र ‘म यस्तो गीत गाउँछु ३’को बारेमा सोच्न सकिने उनको भनाई छ ।

उनले तेस्रो सिरिजका लागि पललाई पर्खिरहेको आशय पनि व्यक्त गरे । ‘म यस्तो गीत गाउँछु ३’ निर्माणको कुरा के हुँदैछ भन्ने प्रश्नमा निर्देशक थापाले हाल आँफु अन्य प्रोजेक्टमा ब्यस्त रहेका कारण र पल शाह पनि जेलबाट निस्किएपछि थप छलफल गरेर अघि बढ्ने उनले बताए ।

निर्देशक थापाका अनुसार पल निस्केपछि फिल्मका लागि पहिलो रोजाई उनी नै हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर