फिल्म फेस्टिभलमा सहभागी हुन् नेपाल आएका भारतीय निर्देशक प्रकाश झा — OSNepal

फिल्म फेस्टिभलमा सहभागी हुन् नेपाल आएका भारतीय निर्देशक प्रकाश झा

LC (KTM) December 08, 2022 0

काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) मा सहभागी हुन् नेपाल आइपुग्नुभएका भारतीय फिल्म निर्देशक, निर्माता तथा अभिनेता प्रकाश झालाई स्वागतसहित मायाको चिनो प्रदान गर्दै नेपाल भारत मैत्री सङ्घका अध्यक्ष शैलेन्द्र मोहन झा । साथमा भारतीय निर्देशक एम गनी र सङ्घका पदाधिकारी । तस्बिर ः भेषराज कार्की ÷ रासस

यो पनि:निःशुल्क आँखा शिविरबाट २२९ ले पाए सेवा-धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टिमा सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय २९ जनाले आँखाको जाँच गराएका छन् ।जनकपुरधाम उपमहानगरपालिकाको आयोजना र जानकी आँखा अस्पताल जनकपुरको सहयोगमा सम्पन्न सो शिविरमा जाँच गराएकामध्ये ७६ जनामा मोतियाबिन्दु फेला परेको जनकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

मोतियाबिन्दुको समस्या देखिएका बिरामीको जानकी आँखा अस्पताल जनकपुरमा निःशुल्क शल्यक्रिया गरिने जनाएको छ । शिविरमा निःशुल्क आँखा परीक्षण तथा बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको जनकपुरधाम उपमहानगरपालिकाका–१७ का वडाध्यक्ष रामवृक्ष यादवले जानकारी दिनुभयो । शिविरमा नेत्र अधिकृत एवं प्राविधिक टोली प्रमुख रुदलप्रसाद साह नेतृत्वको चिकित्सकको टोलीले आँखा परीक्षण गरेका थिए ।

शिविरबाट अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ लिएको जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर