‘बिबिसी १०० विमेन २०२२’ को सूचीमा पर्न सफल भइन प्रियंका चोपडा — OSNepal

‘बिबिसी १०० विमेन २०२२’ को सूचीमा पर्न सफल भइन प्रियंका चोपडा

LC (KTM) December 08, 2022 0

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा ‘बिबिसी १०० विमेन २०२२’ को सूचीमा पर्न सफल भएकी छन् । पूर्वविश्व सुन्दरीसमेत प्रियंकाले ६० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन् । उनी सन् २००२ देखि चलचित्र क्षेत्रमा निरन्तर सक्रिय छन् । सन् २०१५ मा प्रदर्शनमा आएको अमेरिकन नेटवर्क ड्रामा सिरिज ‘क्वान्टिको’ मार्फत् अभिनेत्री प्रियंकाले हलिउडमा पाइला चालेकी हुन् ।

हलिउड चलचित्रमा प्रमुख भूमिका निर्वाह गर्ने पहिलो दक्षिण एसियाली अभिनेत्रीको रूपमा उनले इतिहास रच्न सफल भएकी छन् । उनले हलिउडकै ‘इजन्ट इट रोमान्टिक’ र ‘द म्याट्रिक्स रिसरेक्सनस्’ मा पनि अभिनय गरेकी छन् । सौर्य दैनिकमा खबर छ । यस्तै, प्रियंकाले पनि चलचित्र निर्माण कम्पनी खोली भारतमा चलचित्र बनाउँदै आएकी छन् । उनी युनिसेफकी सद्भावना दूतसमेत हुन् । यसमार्फत् उनले बालबालिकाको अधिकारका साथै उनीहरूको शिक्षाको निम्ति अभियान सञ्चालन गर्छिन् ।

यो पनि; मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस:राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।

आयोगले बुधबार राष्ट्रपति भण्डारीलाई आर्थिक वर्ष २०७८र७९ मा सम्पन्न गरेका कार्यहरूको वार्षिक प्रतिवेदन पेस गरेको हो ।

प्रतिवेदनमा आव ७८र७९ मा आयोगमा परेका उजुरीहरू, उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण र नेपाल सरकारलाई गरिएका सिफारिसलगायतका विषय उल्लेख रहेको आयोगका सहसचिव एवं प्रवक्ता डा टीकाराम पोखरेलले बताए ।

मानव अधिकारको संरक्षण र संवर्द्धनमा देखिएका चुनौतीहरू एवम् आयोगले चाल्ने भावी कदमहरूबारे समेत प्रतिवेदनमा उल्लेख गरिएको आयोगले जनाएको छ ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले मानव अधिकार र लोकतन्त्रको अवलम्बनमा नेपाल उच्च स्थानमा रहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर