तीन वर्षमा ३५० गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार — OSNepal

तीन वर्षमा ३५० गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

LC (KTM) December 08, 2022 0

काठमाडौं, २२ मंसिर:सरकारले गत तीन वर्षमा ३५० जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगको तथ्यांकअनुसार दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार भएको हो ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा ८७ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार भएको छ । २०७७/७८ मा १०३ जना र आव २०७८/७९ को जेठ मसान्तसम्म १६० जनाको उद्धार गरेको हो ।

आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिसकेको छ । बुधबार आयोगले वार्षिक प्रतिवेदन पेस गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर