बलिउडकै पहिलो लेडी सिंघम बन्दै दीपिका पादुकोण, सिंघम अगेनलाई लिएर रोहित शेट्टीले गरे यस्तो खुलासा — OSNepal

बलिउडकै पहिलो लेडी सिंघम बन्दै दीपिका पादुकोण, सिंघम अगेनलाई लिएर रोहित शेट्टीले गरे यस्तो खुलासा

LC (KTM) December 08, 2022 0

काठमाडौं । दीपिका पादुकोणले रोहित शेट्टीको ‘सिंघम अगेन’ मा काम गर्ने भएकी छन् । उनले फिल्ममा प्रहरी महिलाको भूमिका निभाएने भएकी छन् । रोहितले आफ्नो फिल्ममा प्रहरी महिला देखाएको यो पहिलो पटक हुनेछ ।

फिल्म ‘सिंघम अगेन’ बाट अजय देवगन फेरि एक पटक पर्दामा आफ्नो चर्चित बाजीराव सिङ्घमको भूमिकामा देखिनेछन् । त्यस्तै यहि फिल्मबाट अजय र दीपिका एकसाथ देखिने भएका छन् ।

सन् २०११ मा अजय देवगनले फिल्म ‘सिंघम’ बाट आफ्नो कप युनिभर्सको सुरुवात गरेका थिए । यसमा अजय देवगनले बाजीराव सिङ्घमको भूमिका निभाए पछि उनको चर्चा यति चुलिउको की उती देशैभर लोकप्रिय भए ।

सन् २०१४ मा फिल्म ‘सिंघम रिटर्न्स’ आएको थियो । यसमा अजयको साथमा करिना कपूर खान देखिएकी थिइन् । दीपिका पादुकोण अब छिट्टै फिल्म ‘पठान’ मा शाहरुख खानको अपोजिटमा देखिनेछिन् । यसबाहेक उनीसँग शाहरुख खानको अर्को फिल्म ‘जवान’, ऋतिक रोशनको ‘फाइटर’ र प्रभासको ‘प्रोजेक्ट के’ पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर