प्रकृतिमा समय गुजार्दा बच्चाहरू फिट रहन्छन् — OSNepal

प्रकृतिमा समय गुजार्दा बच्चाहरू फिट रहन्छन्

LC (KTM) December 08, 2022 0

काठमाडौँ । हिजो आजको ब्यस्त दैनिकीमा हरेक बाबु आमा निकै ब्यस्त छन् ।

एउटा मात्रै कामले गरि खान नसक्ने अवस्थाका बिचमा बाबु आमा ज्यान पाल्न र भाडा तिर्नकै लागि ब्यस्त बनिरहँदा उनीहरुका बच्चाहरू घरमा अधिकांश समय डिजिटल स्क्रिनमा झुम्मिन बाध्य छन् । बच्चा कहीँ गएर लड्लान्, गाडीले हान्लान् भन्ने पिरकाबिचमा अविभावकले बच्चालाई भुलाउनकै लागि पनि डिजिटल स्क्रिनमा आँफैले अध्भ्यस्त बनाइरहेका छन् ।

उनीहरू फुटबल र क्रिकेटजस्ता खेल पनि एपमार्फत खेल्छन् । यस्ता बच्चाका अभिभावकले उनीहरूलाई खुला मैदानमा दौडन प्रेरित गर्नुपर्नेमा बाँच्नकै लागि बाबु आमाले गर्नु परेको शहरिया जिवनको संघर्षकाबिचमा शारीरिक गतिविधिमा संलग्न नहुँदा उनीहरूमा समस्या बढ्दै जाने निश्चित छ ।

प्रकृतिमा समय गुजार्दा बच्चाहरू फिट रहन्छन् । मोटोपन र अल्छीपन हुँदैन र पढाइमा राम्रो गर्छन् । जुन कुरालाई अविभावकले कुनै न कुनै रुपमा सम्बोधन गरेर उनीहरुलाई समय दिन जरुरी छ । खेलकुदमा लाग्नाले कल्पना शक्ति बढ्छ, जसले सिर्जनशीलता बढाउँछ भन्ने कुरामा अविभावक सचेत बन्न जरुरी छ ।

उनीहरूले नयाँ–नयाँ खेल खेल्न सिक्नेछन् र नयाँ नयाँ साथीहरू बनाउनेछन् । प्राकृतिक प्रकाशले शरीरमा ऊर्जा दिन्छ । जसले हड्डी बलियो बनाउँछ । हृदय रोग र मधुमेहको जोखिम कम हुन्छ । मोबाइलमा झुम्मिँदा आँखाको ज्योति कमजोर हुने खतरा हुने थाहा हुँदै पनि अविभावकहरुले समय दिन नसक्दा यो समस्या झनै बल्झिँदै जाने देखिन्छ ।

बाहिर खेल्न निस्कँदा यो समस्याबाट बच्न सकिन्छ । बाहिर खेल्न निस्किएपछि अनिद्राको समस्या हटेर जाने हुँदा बच्चामा स्फुती बढ्छ र उनीहरुमा पढ्ने इच्छा पनि बढेर जान्छ । जसका कारण थकानले गर्दा बच्चा समयमा सुत्ने र समयमा उठ्ने समेत गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर