सफल फिल्म ‘यात्रा’मा काम गरेर चर्चा कमाएकी मलिकाले खोलीन् फिल्म नगर्नुको कारण — OSNepal

सफल फिल्म ‘यात्रा’मा काम गरेर चर्चा कमाएकी मलिकाले खोलीन् फिल्म नगर्नुको कारण

LC (KTM) December 09, 2022 0

काठमाडौा । चर्चित निर्माता तथा कलाकार केशव भट्राईको फिल्म ‘यात्रा’मा काम गरेपछि नायिका मलिका महत धेरैको रोजाइमा परिन् ।

उनलाई कैयौँ निर्माता निर्देशकहरुले अफर गरे । तर मलिकाले फिल्म ‘पानी फोटो’मात्रै रोजिन् । त्यसपछि उनले
नयाँ फिल्ममा काम गरेकी छैनन् ।

फाट्ट फुट्न मात्रामा म्यूजिक भिडियो खेल्दै आएकी उनले त्यो पनि निकै रोजेर मात्रै खेल्छिन् ।

म्यूजिक भिडियोकी रोमान्टिक मोडलले फिल्ममा काम गर्न किन समय लगाइरहेकी छिन् भन्ने प्रश्न उठ्नु स्वभाविक नै हो । मलिकालाई हामीले किन यतिविधि चुजी बनेको भन्ने प्रश्नमा उनले आँफुले काम गर्ने फिल्महरुको बल्ल सुरुवात हुन लागेको प्रतिक्रिया दिएकी छिन् ।

जसको अहिले कथा लेख्ने काम बल्ल हुन लागेको उनी बताउँछिन् । भन्छिन् सुरुवाती चरणमा रहेकाले पनि अहिले नै थाहा नभएको हो । केही समय पछि नै फिल्मको बारेमा जानकारी हुनेछ । मलिकाले आफूले धेरै फिल्ममा काम नगर्ने पनि स्पस्ट पारिन् ।

रोमान्टिक मोडलको छवि बनाएपनि मलिकालाई लभस्टोरी फिल्ममा मज्जाले काम गर्न मन लागेको उनले बताइन्् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर