बिहीबार रातिको मर्स्याङ्दीमा आएको बाढीले गोरखा–तनहुँ जोड्ने झोलुंगे पुल भासियो, आवतजावत ठप्प — OSNepal

बिहीबार रातिको मर्स्याङ्दीमा आएको बाढीले गोरखा–तनहुँ जोड्ने झोलुंगे पुल भासियो, आवतजावत ठप्प

LC (KTM) July 02, 2021 0

गोरखा – मर्स्याङ्दी नदीमा आएको बाढीले तनहुँ र गोरखा जोड्ने झोलुंगे पुल भासिएको छ । पुल भासिएपछि आवतजावत ठप्प बनेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट र गोरखा नगरपालिका–१४ गोप्लिङ जोड्ने पुलमा बिहीबार रातिको बाढीले भत्काएको हो ।

आबुखैरेनीको एक्लेफाँटतर्फ पुल भाँचिएर पानीमा डुबेको र , ‘पुल अड्याउन राखिएको पोल नै नदीमा पुगेको बताइएको छ । उक्त पुल भएर गोरखा नगरपालिका–१४ गोप्लिङका स्थानीय तथा अकला मन्दिर आउने भक्तजन आउजाउ गर्दै आएका थिए । ‘यो पुल भएर दैनिक झन्डै एक हजार मान्छे आउजाउ गर्ने गरेको स्थानिय बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर