हालै लगनगाँठो कसेका सलोनलाई जुम्ल्याहा बच्चाको रहर, कहिले होला पूरा ? — OSNepal

हालै लगनगाँठो कसेका सलोनलाई जुम्ल्याहा बच्चाको रहर, कहिले होला पूरा ?

LC (KTM) December 09, 2022 0

काठमाडौँ । हनलै विबाह बन्धनमा बाँधिएका चकलेटी हिरो सलोन बस्नेतले आँफुलाई जुम्ल्याहा बच्चाको रहर भएको बताएका छन् ।

प्रैमिका करिश्मा केसीसँग धुमधामले विबाह गरेका mनायक बस्नेतले मिडियामा आफ्नो धारणा राख्ने क्रममा सोधिएको प्रश्नमा बच्चाको बिषयमा बोल्दै आँफुलाई जुम्ल्याहा बच्चाको रहर भएको बताएका छन् ।

सलोन र करिश्मा अभिनित ‘राजा रानी’ बोलको गीतको भिडियो सार्वजनिक कार्यक्रममा सलोन र करिश्माले बच्चाको योजनाबारे थुप्रै प्रश्नको सामना गर्दा निकै रमाइलो माहोल देखियो ।

सलोनकी बहिनी सलिना बस्नेतले त आफूलाई चाडै नै फूपू बन्न मन लागेको सुनाउँदा रहर मात्रैले नहुने भन्दै सलोनले आँफुलाई पनि जुम्ल्यहा बच्चाको रहर भएको भन्दै सबैलाई हँसाए ।

सलोनले रमाइलो शैलीमा ‘अब, मेरो एउटा इच्छा होला, करिश्माको अर्को होला । भोली जन्मदा छोरा वा छोरी या जुम्ल्याहा कसरी जन्मन्छ केही थाहा छैन भन्दा कार्यक्रममा निकै रमाइलो भएको थियो ।

सो अवसरमा हाँसोको फोहोरा समेत छुटेको थियो । सोही अवसरमा अभिनेता तथा निर्देशक शोभितले भने आफू नाती वा नातिनी भएपछि काम गर्न छाडेर स्याहारमा लाग्ने बताउँदै उपस्थितहरुले ताली बजाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर