मलाइकाले अर्जुन कपुर संगको डेट बारे बोलिन्– अर्जुन पोकेमन हेर्दै गरेको बच्चा होइन् , एक वयस्क मर्द हो — OSNepal

मलाइकाले अर्जुन कपुर संगको डेट बारे बोलिन्– अर्जुन पोकेमन हेर्दै गरेको बच्चा होइन् , एक वयस्क मर्द हो

LC (KTM) December 09, 2022 0

बलिउड अभिनेत्री मलाइका अरोरा यतिबेला आफ्नो रियालिटी शो ‘मुभिङ इन विथ मलाइका’का कारण चर्चामा छिन् । यस शोमा मलाइकाले आफ्नो व्यक्तिगत जीवनमा लिएका निर्णयहरूबारे धेरै पटक दर्शकसामु आफ्नो कुरा राखेकी छिन्। यसैबीच उनले अर्जुन कपुरसँगको आफ्नो सम्बन्धको बारेमा पनि खुलेर कुरा गरेकि छिन् ।

वास्तवमा, मलाइका अर्जुन कपूरलाई डेट गरिरहेकी छिन् र यस्तो अवस्थामा दुबै आफ्नो सम्बन्धलाई लिएर धेरै पटक ट्रोलको निशानामा आएका छन् । जसलाई लिएर मलाइकाले शोको क्रममा ट्रोलर्सलाई उचित जवाफ दिइन् । मलाइका अरोरा र अर्जुन कपुरको उमेरमा १२ वर्षको अन्तर छ । यो सँगै मलाइका अर्जुनलाई डेट गरेको कारण ट्रोल पनि भएकी छिन् ।

अब आफ्नो शो मुभिङ इन विथ मलाइकामा अभिनेत्रीले भनिन्, ‘दुर्भाग्यवश म उमेरमा मात्र होइन, मभन्दा कान्छो व्यक्तिलाई पनि डेट गरिरहेकी छु । मतलब म हिम्मत छ, के म उसको जीवन बिगार्दै छु रु सहि भन्नु भयो रु मलाइकाले थप भनिन्, ‘म सबैलाई भन्न चाहन्छु कि म उनको जीवन बर्बाद गरिरहेको छैन ।

उनी स्कुल जाँदै थिए र पढाइमा ध्यान दिन नसकेर मैले उनलाई मैले बोलाएको हो र ? मलाइका यतिमै रोकिईनन् उनले थप भनिन्, ‘जब हामी डेटमा जान्छौं, यसको मतलब यो होइन कि हामी क्लास बंक गर्दैछौं । उसले जब पोकेमोन हेर्दै थियो त्यतिबेला मैले सडक बाट समातेर ल्याएको हो र ? भगवानको खातिर ऊ हुर्किएको छ र एक वयस्क मानिस हो।

हामी दुवै वयस्क हौं जो सँगै बस्न सहमत भएका छौं। यदि एक वृद्ध केटाले कान्छी केटीलाई डेट गर्छ भने, ऊ एक खेलाडी हो। तर जब ठूली केटीले कान्छीसँग डेट गर्छ, यसलाई कौगर भनिन्छ तर यो गलत हो।ु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर