रुकुमपश्चिममा १४६ जनाको आँखाको शल्यक्रिया — OSNepal

रुकुमपश्चिममा १४६ जनाको आँखाको शल्यक्रिया

LC (KTM) December 10, 2022 0

मुसीकोट- रुकुमपश्चिममा एक सय ४६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । रुकुम आँखा उपचार केन्द्र सल्लेमा उनीहरुको शल्यक्रिया भएको हो । जिल्लाको चारवटा पालिकामा भएको आँखा जाँच शिविरमा उनीहरुमा मोतियाविन्दु पहिचान भएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो ।

सानीभेरी, त्रिवेणी, बाँफिकोट गाउँपालिका र मुसीकोट नगरपालिकाका विभिन्न ठाउँमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको थियो ।

दुई दिनसम्म चलेको निःशुल्क आँखा जाँच तथा शल्यक्रया शिविरबाट छ सय ९६ आँखाका बिरामीले सेवा लिएका छन् । नेपाल नेत्र ज्योति सङ्घ एकीकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक तथा राप्ती आँखा अस्पताल तुलसीपुर दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिकाको स्थानीय व्यवस्थापनमा शिविरको आयोजना गरेको हो । शिविरमा नेत्र विशेषज्ञ डा सुरेश रसाइलीको नेतृत्वमा १६ स्वास्थ्यकर्मी तथा प्राविधिक टोलीले सेवा दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर