टाइगरसँग ब्रेकअपपछि नयाँ प्रेमीसँगको रोमान्समा दिशा पटानी, प्रेमी भन्छन् आनन्द महशुस गरेको छु ! — OSNepal

टाइगरसँग ब्रेकअपपछि नयाँ प्रेमीसँगको रोमान्समा दिशा पटानी, प्रेमी भन्छन् आनन्द महशुस गरेको छु !

LC (KTM) December 11, 2022 0

काठमाडौं- बलिउड फिल्म उद्योगमा कैयौं सेलिब्रेटीको अफेयरको खबर भाइरल भइरहन्छ । यीमध्ये कैयौं स्टार विवाहको बाटोसम्म पुग्छ भने कैयौंको बीचमा नै ब्रेकअप हुने गरेको छ ।झण्डै ६ वर्षसम्म डेट गरेका अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको जोडीको ब्रेकअप भएको छ ।

जोडीको के कारणले ब्रेकअप भयो भन्ने केही कारण खुलेको छैन । ब्रेकअप पछि टाइगर आकांक्षाको प्रेममा रहेको बताइएको छ । महेश बाबु र वरुण धवनसँग केही विज्ञापनमा काम गरेकी उनली अहिले टाइगरसँग प्रेममा रहकोले चर्चामा छन् ।सन् २०२० मा उनले दक्षिण भारतीय फिल्म ‘त्रिविक्रम’बाट डेब्यु गरेकी थिइन् ।

आकांक्षाले मोडलको रुपमा एक्टिङ करिअरको सुरुवात गरेकी थिइन् । आकांक्षा र टाइगरले ‘कैसेनोवा’मा काम गरिसकेका छन् । त्यस्तै यता नायिका दिशा पनि मोडल तथा अभिनेताको प्रेममा परेकी छन् । यि दुई डिनरमा गएर फर्कदै गरेको भिडियो भाइरल बनेको छ । भिडियोमा मोडलले दिशाको खुब ख्याल गरेका छन् ।

अलेक्जेन्डर एलेक्स नाम गरेको मोडलको प्रेममा परेको खबर भने पहिलो पटक बाहिर आएको हो ।अलेक्जेंडरको जन्म बेलग्रेडमा भएको हो। उनले पढाइ सकेपछि मोडलिगं सुरु गरेका थिए । मुम्बइ आएर लामो समय जिम टे्रनरका रुपमा समेत काम गरेका उनले एकता कपूरको वेबसीरीज गिरगिट मा उनले एक इजराइली व्यक्तिको भुमिका निभाएका छन् ।हालैको एक अन्तर्वार्तामा अलेक्जेन्डरले दिशा र आफूबीचको सम्बन्धबारे खुलेर कुरा गरेका छन् । मान्छेले आफ्नो निजी जीवनबारे जान्न चाहेको कुरालाई लिएर आनन्द महसुस गरेको बताउँछन् ।

पूर्वप्रेमी अभिनेता टाइगर श्राफसँग ब्रेकअपपछि दिशा र अलेक्जेन्डरको रोमान्स हेडलाइन बन्न थालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर