‘महापुरुष’का निर्माताद्धय दीपेश र रविन्द्र अर्को फिल्म सुरु गर्न तातौँ भन्दा किन तातेनन् प्रदीप ? — OSNepal

‘महापुरुष’का निर्माताद्धय दीपेश र रविन्द्र अर्को फिल्म सुरु गर्न तातौँ भन्दा किन तातेनन् प्रदीप ?

LC (KTM) December 11, 2022 0

काठमाडौँ । डेढ मसिहनादेखि देशका विभिन्न हलहरुमा एकल रुपमा राज गर्दै प्रर्दशनमा आइरहेको फिल्म हो ‘महापुरुष’ ।

जसका निर्देशक हुन् प्रदीप भट्टराई । प्रदीप भट्टराईले यसअघि निर्देशन गरेका फिल्महरु जात्रा, जात्रै जात्रा, शत्रु गतेलाई दर्शकले खुबै रुचाएका थिए ।

यतिबेला प्रदीप भट्टराई निर्देशित यो फिल्मले दर्शकको माया निरन्तर पाइरहेको छ । बक्स अफिसमा फिल्मले ११ करोड भन्दा बढी ग्रस कलेक्शन गर्ने पक्का छ । संभवत, हलिउड फिल्म ‘अवतार’ हलमा लागेपछि मात्र यसको प्रभाव कम हुने आँकलनकाबिचमा फिल्म डेढ महिनादेखि सफलताका साथ प्रर्दशन भइरहेको छ ।

यो फिल्मपछि निर्माता म्याक्स दीपेश खत्री र रविन्द्र सिंह बानियाँले नयाँ फिल्मको तयारी थाल्ने सुरसार गरेको भएता पनि प्रदीप भने तातेका छैनन् ।

बुधबार बेलुकी बीग मुभिजमा भेटिएका रविन्द्रले प्रदीपले नयाँ फिल्मको तयारी थाल्न नमानेको गुनासो गरिरहँदा प्रदीपले भने महापुरुष नै चलिरहेको छ, किन हतार नगरौँ भनेपछि निर्माता म्याक्स दीपेश खत्री र रविन्द्र सिंह भने निन्याउरो मुख बनाएका थिए ।

तर उनीहरुको टिम भने बलियो नै भएकाले उनीहरु थप तयारीका साथ नयाँ फिल्म बनाउने जोश जाँगर र उर्जा निकालेर काम गर्ने तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर